Logo

आइतवार, श्रावण २४ गते २०८३

images

झापामा कुटपिटबाट एकजनाको मृत्यु

झापामा कुटपिटबाट एकजनाको मृत्यु

दैनिकी न्यूज

२०, माघ २०८१
झापामा कुटपिटबाट एकजनाको मृत्यु
images

झापा । झापाको कमल गाउँपालिका वडा नं. ७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरेका थिए। 

कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ०६:३७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology