Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रले अभियान चलाउने

माओवादी केन्द्रले अभियान चलाउने

दैनिकी न्यूज

२२, माघ २०८१
माओवादी केन्द्रले अभियान चलाउने
images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी फागुन १२ गतेदेखि झापाको केचनाकवलबाट हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले एकमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Dainikeenews advertise Final Health.jpg

प्रवक्ता सापकोटाका अनुसार बैठकले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला आगामी फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर पार्टी नेतृत्वसहित विषयविज्ञले समेत प्रशिक्षण दिइने बताइएको छ । प्रवक्ता सापकोटाले बैठकबाट प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर भएको जानकारी दिए । नयाँ निर्णय अनुसार कोशी प्रदेश इन्चार्जमा पार्टी उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशको इन्चार्जमा पार्टी उपमहासचिव मातृका यादव, बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्मा, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेललाई दिएको छ । पार्टी सचिव लीलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्ज, उपत्यका विशेष इन्चार्जमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिएको छ ।

images
प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - ०६:५८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology