Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज यी पाँच प्रदेशमा हिमपातको सम्भावना

आज यी पाँच प्रदेशमा हिमपातको सम्भावना

दैनिकी न्यूज

६, फाल्गुण २०८१
आज यी पाँच प्रदेशमा हिमपातको सम्भावना
images

काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तराईका भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

Final Advertise aayurberdik.jpg

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

gp koirala.jpg

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै आज बिहानीपख तराईका थोरै भू–भागहरुमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - ०८:४५:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology