काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघ केन्द्रिय समितीको चौचो पूर्ण बैठक आज सम्पन्न भएको छ । सेवा शुल्क पुनः प्राप्ति, नियमित काममा स्थायी श्रमिक र नेपाल सरकारको श्रेणी बिहिन कर्मचारी सरह श्रमिकको न्यूनतम पारिश्रमिक कायम गराउँन मजदुर जागरण अभियानको नारा तय गरि उक्त बैठक सम्पन्न भएको हो।

बैठकले २०८१ फाल्गुण १५ देखि २०८१ फाल्गुण २५ सम्म सबै प्रतिष्ठानहरुमा सेवा शुल्क पुनः प्राप्तिको आन्दोलन गर्न जागरण अभियान सञ्चालन गर्ने, केन्द्रिय समितिले अभियानको उद्देश्य सहितको अपिल प्रकाशन गर्ने ,अभियानमा मुख्य रुपमा सेवा शुल्क कानूनी रुपमा पुनः प्राप्ति र नियमित काममा नियमित रोजगार सम्झौता तथा सबै श्रमिक (करार, आपूर्तिकर्ता, आकस्मीत र नियमित) लाई समान रुपमा सेवा शुल्कको वितरण र न्युनतम पारिश्रमिक श्रेणी विहीन कर्मचारी सरह हुनुपर्ने जस्ता एजेन्डा बैठकले तय गरेको छ । साथै श्रम ऐन २०७४ को संसोधन र पर्यटन ऐन निमार्णको प्रक्रयामा रहेकोले उक्त ऐनहरुमा सेवा शुल्क लिन नपाउने प्रावधानलाई सम्बोधन गराउँनको लागि व्यापक मजदुर परिचालन गरी सडकबाट दवाव सिर्जना गर्ने र नियमित काममा स्थायी श्रमिक अनिवार्य राख्नुपर्ने जस्ता मागहरू पनि बैठकले पास गरेको छ। बैठकले अन्य संगठनहरु सगँ सेवा शुल्क पुनः प्राप्तिको लागि सयुक्त कार्यक्रम बनाउन प्रयत्न गर्ने, व्यापक श्रमिक उपस्थित गराउन सबैले रचनात्मक रुपमा आफ्नो भुमिका निभाउदै सबै मजदुरहरुलाई समेत परिचालन गर्ने, डिजिटल मिडियालाई सवै मजदुरहरुको आन्दोलनको पक्षमा प्रभावकारी रुपमा लाग्न आग्रह गर्ने, सञ्चार क्षेत्रमामा आन्दोलनको पक्षमा कुरा गर्दा यस क्षेत्रमा सेवा शुल्कले पारेको प्रभाव, प्रतिष्ठानको संख्या, प्रभावित श्रमिक संख्या र यसको कारणले उपभोक्ता ठगीएकै हो त ? यस विषयमा आम मानिसले बुझ्ने भाषामा छलफलको सुरुवात गर्ने जस्ता एजेन्डा पनि तय भएको इन्चार्ज माधव पाण्डेले बताएका छन्। २०८१ फाल्गुण २५ देखि २०८१ फाल्गुण ३० सम्म, सरोकारवालाहरु (व्यावसायी संघ, संघिय सांसदहरु, यस क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरु) सँग बैठक, अन्तक्रिया तथा छलफल गर्ने ,केन्द्रिय समितीले सङ्घर्षमा जाने कार्यक्रमको पत्रकार सम्मेलन गरी जानकारी गराउने र नेपाल सरकार तथा सरोकारवाला निकायहरुमा ज्ञापन पत्र बुझाउनुका साथै संगठनले कार्ययोजना तय गरी व्यावसायी, जेटियुसिसि र अन्य संगठन तथा सरोकारवाला पक्ष सहितको अन्तरक्रिया गर्ने गरि श्रम ऐन संसोधनमा सेवा क्षेत्रको श्रमिकको विषयहरु समावेश गर्न कानूनविधहरुसँग छलफल, सेवा शुल्क र श्रमिकको नियुक्तिको विषयमा व्यावसायीले गरेको अन्याय र एकाधिकार निर्णयको विरुद्धमा माननियहरुसँग छलफल गरी श्रमिकको पक्षमा सङ्घीय सांसदमा विषय राख्नको लागि अनुरोध गर्ने कुरा तय भएको संगठनका अध्यक्ष कुमार पन्तले बताए । संघिय संसदमा माननियहरुले उठाऊने श्रमिकको विषयहरुलाई लिखित रुपमा नै माननियहरुलाई उपलव्ध गराउँने र २०८१ चैत्र १ गते देखीवाट माईतीघर मण्डलामा धर्नाको कार्यक्रम गर्नुका साथै माग सम्वोधन नभएसम्म आन्दोलनको कार्यक्रम जारी रहने अध्यक्ष पन्तको कथन छ ।
उक्त कार्यक्रममा फ्रयाक्सन इन्चार्ज रामदिप आचार्य, संगठनका अध्यक्ष जगत सिम्खडा र महासचिव माधव पाण्डे लगायतले मन्तव्य राखेका थिए। होटल र्याडिसनमा भएको उक्त कार्यक्रमको अध्यक्षता अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरा मजदुर सगठनका अध्यक्ष कुमार पन्तले गरेका थिए।