Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपाको उद्योग वाणिज्य महासंघ ललितपुर कमिटीको भेला सम्पन्न, मोहन सिवाकोटीको नेतृत्वमा कमिटि गठन

नेकपाको उद्योग वाणिज्य महासंघ ललितपुर कमिटीको भेला सम्पन्न, मोहन सिवाकोटीको नेतृत्वमा कमिटि गठन

दैनिकी न्यूज

२३, फाल्गुण २०८१
नेकपाको उद्योग वाणिज्य महासंघ ललितपुर कमिटीको भेला सम्पन्न, मोहन सिवाकोटीको नेतृत्वमा कमिटि गठन
images

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पार्टीको उद्योग वाणिज्य महांसघ ललितपुर जिल्ला भेला सम्पन्न गरेको छ। बिहीबार ललितपुरको लगनखेल स्थित ललितपुर बार एसोसिएसनको सभाहलमा जिल्ला भेला सम्पन्न गरेको हो ।
नेकपा जिल्ला कार्यालय सदस्य मोहन सीको सभापति रहेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज विपिन सी को प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी अतिथि ललित सी नेकपा बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटेरी रत्न सी, बैकल्पिक केन्द्रीय सदस्य तथा गोदावरी नगरपालिका इन्चार्ज बज्र सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा ललितपुर महानगरपलिका इन्चार्ज अमृत सी, ललितपुर जिल्ला कार्यालय सदस्य तथा महालक्ष्मी नगरपालिका इन्चार्ज कुलमान सी, जिल्ला कार्यालय सदस्य तथा महांकाल गाउपालिका इन्चार्ज अष्ट सी, सचिवालय सदस्य तथा ललितपुर महानगर सेक्रेटरी पवित्रा सी, सचिवालय सदस्य तथा अखिल क्रान्तिकारी महिला संघ संयोजक मख्खन सी, जिल्ला सदस्य बच्चु सी, जिल्ला सदस्य लालमान सी, जिल्ला सदस्यको उपस्थितिमा उल्लेख्य संख्यामा जनसहभागिता रहेको थियो ।

भेलाले ३ सदस्य पछि मनोनीत गर्नेगरी १५ जनाको कमिटी निर्वाचित गरेको छ। अध्यक्षमा मोहन सिवाकोटी, उपाध्यक्षमा उद्वव राय, सचिवमा सुमन घिसिङ , सह सचिव मिना कार्की कोषाध्यक्षमा बच्चु तिमल्सिना, सदस्यमा मोहन फुँयाल, दिलिप सिवाकोटी, रोशन घोरासैनी, गोमा श्रेष्ठ, निशा के सी, तारा लामा, विवेक खड्का रहेका छन।

0929a81f-030b-435b-9396-d07c0e2e0b9b (1).jpg

भेलाको प्रमुख अतिथिको रुपमा उपस्थित नेकपाका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज विपिन सीले मन्तव्यको क्रममा भने– जनयुद्ध र जनआन्दोलन मार्फत स्थापित वर्तमान लोकतान्त्रिक गणतन्त्रले जनताको सिमित अधिकार स्थापित त गर्यो तर देश र जनताले वर्षौदेखि भोगिरहेका आधारभूत समस्याहरु हल गर्न सकेन। फलस्वरूप देशमा अहिले पनि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक समस्या एवम् संकट गहिरिदै गएको छ । देश आर्थिक परनिर्भरताको सङ्कटबाट गुज्रिएको छ। राष्ट्रिय उत्पादन हुन नदिने र विदेशीको सामान बेचेर नाफा खाने दलाल पुँजीवाद हावी भएको छ। यसको असर नेपालका फुटपाथ व्यापारीदेखि राष्ट्रिय व्यापारी सम्मले भोग्नु परेको छ। यी समग्र साना–ठूला समस्याको एकमात्र समाधान भनेको नेपाललाई आर्थिक÷राजनीतिक रुपमा नेपाली विशेषताको समाजवादमा लैजानु हो । यसको नेतृत्व विप्लव नेतृत्वको नेकपाले गरिरहेको छ। संसदवादी र राजावादीहरुले देशलाई यथास्थितिमा राख्न वा पश्चगमन तर्फ धकेल्न चाहन्छ्न। हामी अग्रगामी निकास दिन चाहेका छौं ।
नवनिर्वाचित अध्यक्ष मोहन सिवाकोटीको मन्तव्यको क्रममा भने फुटपाथदेखि महलमा व्यापार गर्नेसम्मका आम व्यापारी÷उद्योगीहरुको समस्याको विरुद्ध आफू र आफ्नो संगठन सम्पुर्ण हिसाबले लाग्ने प्रतिबद्धता जाहेर गरे। मन्तव्यको क्रममा उनले लगनखेल लगायतका ठाउँहरुमा नगरपालिकाले फुटपाथ व्यापारीहरुलाई धपाउन चाहेको भन्दै त्यसको विरुद्ध आफू उभिने बताए।
भेलामा नेकपाका ललितपुर जिल्ला सेक्रेटरी ललित सी, महानगर इन्चार्ज महेश सी, बज्र सी, महानगर सेक्रेटरी अष्ट सी र महिला नेतृ पवित्रा सीले समेत आफ्ना शुभकामना भनाइ राखेका थिए।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८१ शुक्रवार - ०७:०६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology