Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इन्धनको भाउ घट्यो

इन्धनको भाउ घट्यो

दैनिकी न्यूज

१८, बैशाख २०८२
इन्धनको भाउ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। निगमका अनुसार गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य घटाइएको हो।

निगमले दिएको जानकारी अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यस्तै, डिजेल र मट्टितेलको भाउमा प्रतिलिटर १ रुपैयाँको कटौती गरिएको छ। आन्तरिक उडानमा प्रयोग हुने हवाइ इन्धनको मूल्य पनि प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको सन्दर्भमा निगमले मूल्य समायोजन गरेको हो। इन्धनको मूल्य समायोजनसँगै उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने अनुमान गरिएको छ। यद्यपि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

निगमका अनुसार नयाँ मूल्य गए राति १२ बजेदेखि देशभर लागू भएको छ। मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको मूल्य १२८ रुपैयाँ कायम हुनेछ।

images
प्रकाशित मिति :बैशाख १८, २०८२ बिहिवार - ०९:५५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology