Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

दैनिकी न्यूज

१, आषाढ २०८२
प्रतिनिधिसभाको बैठक बस्दै
images

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नुहुने कार्यसूची छ।

त्यस्तै,उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

माओवादी केन्द्रले सत्तारुढ दलसँग सहमति गरेर संसद सुचारु गर्ने भने पनि विपक्षी दलहरु रास्वपा र राप्रपाले भने विरोध गरिरहेका छन्।

images
प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - १०:१७:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology