Logo

आइतवार, श्रावण २४ गते २०८३

images

देशभर मनसुनी प्रभावः केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभावः केही प्रदेशमा भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

८, आषाढ २०८२
देशभर मनसुनी प्रभावः केही प्रदेशमा भारी वर्षाको सम्भावना
images

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप कोशी, बागमती, मधेस र गण्डकी प्रदेश लगायत अन्य केही स्थानमा हल्का वर्षा भैरहेको छ।

tamang Language (1).jpg

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी प्रदेश र पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

रातिको मौसमसमेत दिनको जस्तै रहने अनुमान गरिएको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदीको जलसतह बढ्ने, बाढी, पहिरो र भूक्षयजस्ता सम्भावित जोखिमहरूबाट जोगिन मौसम महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

images
प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - ०७:२०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology