Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

दैनिकी न्यूज

२३, आषाढ २०८२
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
images

काठमाण्डौ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको हो ।
आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची समेत रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - १०:०८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology