काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ २ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन सुन एक लाख ९२ हजार ३ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।