Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

सेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

दैनिकी न्यूज

१८, श्रावण २०८२
सेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
images

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अब सेयर कारोबार गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम नेप्सेले अब सेयर कारोबार गर्नका लागि नयाँ ब्रोकर खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गराएको छ ।

नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई पत्र जारी गर्दै राष्ट्रिय परिचयपत्रको आधारमा ग्राहक पहिचान र संपुष्टी गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको हो ।

योसँगै अब सेयर कारोबार गर्न चाहाने लगानीकर्ताहरुले ब्रोकर खाता खोल्दा केवाइसी फर्म भर्दा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य समावेश गर्नुपर्नेछ ।

यस्तै आफ्नै करोबार प्रणाली ९टिएमएस० प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - ०९:०६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology