Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

दैनिकी न्यूज

२६, श्रावण २०८२
पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ
images

काठमाडौँ । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

“शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति ९तान्त्रिक०लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ”, उनले भने ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशलामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।

images
प्रकाशित मिति :श्रावण २६, २०८२ सोमवार - ०७:१९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology