Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

२, भाद्र २०८२
बढ्यो सुनचाँदीको भाउ
images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ। आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको भाउ एक लाख ९५ हजार ५०० रुपैयाँ थियो ।

यस्तै सोमबार चाँदीको भाउ पनि बढेको छ । आइतबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - ११:२९:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology