Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालमा मनसुन कमजोर रहे पनि केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुन कमजोर रहे पनि केही स्थानमा भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

५, भाद्र २०८२
नेपालमा मनसुन कमजोर रहे पनि केही स्थानमा भारी वर्षाको सम्भावना
images

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर अवस्थामा छ। यद्यपि, देशका केही पहाडी तथा तराईका भू–भागमा वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ र केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव, नदीनालामा पानीको सतह बढ्न सक्ने र यातायातमा अवरोध आउन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न र सचेत रहन सबैलाई अनुरोध गरेको छ।

images
प्रकाशित मिति :भाद्र ५, २०८२ बिहिवार - ०७:२५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology