काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । आज (सोमबार) सुनको मूल्य एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो । आइतबार छापावाल सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज १० ग्राम सुनको भाउ १ लाख ८४ हजार ५०० रुपैयाँ र १० ग्राम चाँदीको भाउ २ हजार २०७ रुपैयाँ ५० पैँसा रहेको छ ।