Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११ः५३ बजे

बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११ः५३ बजे

दैनिकी न्यूज

१६, आश्विन २०८२
बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११ः५३ बजे
images

काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।

टीका लगाउँदा ग्रहण गर्ने व्यक्ति पूर्व र दिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। बिहान ९ः२३ बजे देवी विसर्जन गरी, वैदिक विधिपूर्वक अभिषेकपछि नवदुर्गाको टीका, जमरा र प्रसाद थापी आशीर्वाद लिने परम्परा छ।

आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्नेछन्। आजदेखि पूर्णिमासम्म टीका, जमरा र प्रसादलाई समृद्धिको प्रतीक मानिन्छ।

images
प्रकाशित मिति :आश्विन १६, २०८२ बिहिवार - ११:३९:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology