Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

दैनिकी न्यूज

१६, आश्विन २०८२
बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
images

काठमाडौं । वर्षा, बाढी र पहिरोका कारण हुने जोखिम न्यूनीकरण गर्न बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बिहीबार सूचना जारी गर्दै उक्त सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म प्रत्येक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवतजावत निषेध गरिएको हो।

साथै रोशी खोला तथा अन्य खहरे खोलामा बाढी आएको अवस्थामा तोकिएको समयबाहेक पनि स्थानीय प्रहरी वा ट्राफिक प्रहरीले तत्काल सवारीसाधन रोक्न सक्ने व्यवस्था गरिएको छ।

images
प्रकाशित मिति :आश्विन १६, २०८२ बिहिवार - १६:००:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology