Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मनसुनको विपदजन्य अवस्थामा सावधानी अपनाउन प्रशासन ललितपुरको विशेष अनुरोध

मनसुनको विपदजन्य अवस्थामा सावधानी अपनाउन प्रशासन ललितपुरको विशेष अनुरोध

दैनिकी न्यूज

१६, आश्विन २०८२
मनसुनको विपदजन्य अवस्थामा सावधानी अपनाउन प्रशासन ललितपुरको विशेष अनुरोध
images

ललितपुर । मनसुनको विपदजन्य अवस्थामा सावधानी अपनाउन ललितपुर जिल्ला प्रशासन कार्यालयले विशेष अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले आज बिहिवार सूचना जारी गर्दै जिल्लामा बाढी, डुवान, पहिरो, भू–क्षय लगायतका घटनाको सम्भावना रहेको हुँदा विशेष गरी कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मूख्य तथा सहायक सडकहरुमा यात्रा गर्दा उच्च सतर्कता र सावधानी अपनाउनु हुन अनुरोध गरेको हो ।

'वस्ती क्षेत्र वा जनधनको क्षति हुन सक्ने जोखिमलाई दृष्टिगत गरी नदी आसपास र  संवेदनशील क्षेत्रमा बस्ने बासिन्दाहरुले मुख्यतस् यही असोज १७ देखि २० गतेसम्म उच्च सावधानीमा रहन र सुरक्षा निकाय वा स्थानीय तहबाट जारी भएका सूचना अनुसार पूर्वतयारी र प्रतिकार्यमा एकजुट भइ क्रियाशील हुन समेत सरोकारवाला सहित सबै जिल्लाबासीमा अनुरोध गर्दछौं।' घिमिरेले जारी गरेको सूचनामा भनिएको छ।
जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार मनसुनी बर्षाको कारण बागमती प्रदेशका काठमाण्डौं उपत्यका, काभ्रेपलाल्चोक र मकवानपुर लगायतका जिल्ला र आसपासका जिल्ला भई बहने स–साना नदीनालाहरुमा आकस्मिक वहावको सम्भावना रहेको जानकारी गराउँदै अत्यावश्यक अवस्थामा बाहेक रात्रीकालीन समयमा सवारी साधन संचालन नगर्न वा आवतजावत नगर्न उपयुक्त हुने समेत अनुरोध गरेको छ।
जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार २०८२ साल असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय भइ धेरै पानी पर्ने पूर्वानुमान रहेको छ।
जिल्ला प्रशासन कार्यालयले आपद विपद् परेमा नजिकैको सुरक्षा निकायको फोन नं. वा निस्शुल्क फोन नं. १००, १११४ वा ९८५१२ ९४५५५, ९७६४ ५६८९७४ मा सम्पर्क गर्न समेत जानकारी गराएको छ। 

images
प्रकाशित मिति :आश्विन १६, २०८२ बिहिवार - २०:२१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology