Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढेर पुनः नयाँ रेकर्ड

सुनको भाउ बढेर पुनः नयाँ रेकर्ड

दैनिकी न्यूज

२९, आश्विन २०८२
सुनको भाउ बढेर पुनः नयाँ रेकर्ड
images

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउले बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो भाउ हालसम्मको उच्च हो । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सो भाउलाई ब्रेक गर्दै आज सुनको भाउले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको भाउ भने तोलामा ८५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो भाउ नै हालसम्मको उच्च हो ।

images
प्रकाशित मिति :आश्विन २९, २०८२ बुधवार - १२:४१:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology