काठमाडौं । आइतबार स्थानीय बजारको कारोबारमा सुनको भाउ घटेको छ । स्थानीय बजारमा आज अघिल्लो कारोबारको दिनको तुलनामा सुनको भाउमा ४ हजार ८ सय रुपैयाँको गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा भईरहेको छ ।
गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ ७ हजार १ सयले बढेर प्रतितोला २ लाख ५८ हजार कायम भएको थियो ।
आज सुनसँगै चाँदीको भाउमा समेत गिरावट आएको छ । गत शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३ हजार २७५ रुपैयाँमा झरेको छ । यससँगै चाँदीको भाउ ७५ रुपैयाँले घटेको छ ।