Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१०, पौष २०८२
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन बुधबार तोलाको ४ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको भाउ २ लाख २९ हजार ३४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ३ हजार ७७२ रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :पौष १०, २०८२ बिहिवार - १५:०४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology