Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चोरीका दुई थान मोटरसाइकलसहित ललितपुरबाट दुई जना पक्राउ

चोरीका दुई थान मोटरसाइकलसहित ललितपुरबाट दुई जना पक्राउ

दैनिकी न्यूज

१९, माघ २०८२
चोरीका दुई थान मोटरसाइकलसहित ललितपुरबाट दुई जना पक्राउ
images

ललितपुर । चोरीका दुई थान मोटरसाइकलसहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर जिल्ला, कोन्ज्योसोम गाउँपालिका–५, भारदेउका वर्ष २८ का राम बहादुर तामाङ र सोही ठाउँमा बस्ने वर्ष २३ का गणेश तामाङ रहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार जिल्ला ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५, भारदेउ स्थित सार्वजनिक सडकखण्डमा २०८२ साल माघ १७ गते दिउँसो करिब ३ः३० बजे, ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले प्रदेश–०२–०३–००७ प ८४६७ नम्बरको बजाज कम्पनीको कालो–रातो रंगको पल्सर मोटरसाइकल र बागमती प्रदेश–०२–०१९ प ९६२३ नम्बरको बजाज कम्पनीको कालो–रातो रंगको पल्सर मोटरसाइकल, नियन्त्रण लिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरेको मोटरसाइकल काठमाडौंको चावहिल र गौशाला क्षेत्रबाट चोरी भएको खुल्न आएको जनाएको छ। चोरीका मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

images
प्रकाशित मिति :माघ १९, २०८२ सोमवार - ०९:२७:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology