Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउमा भारी वृद्धि

सुनको भाउमा भारी वृद्धि

दैनिकी न्यूज

२१, माघ २०८२
सुनको भाउमा भारी वृद्धि
images

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउमा भारी वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सयले बढेको सुनको भाउ आज पनि बढेको हो ।
अघिल्लो दिनको तुलनामा आज सुन १४ हजार ४ सय रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यससँगै सुनको भाउले पुनः ३ लाखको आँकडा पार परेको छ ।

अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २६५ रुपैयाँले बढ्दै ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :माघ २१, २०८२ बुधवार - ११:४३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology