Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निर्वाचन आयोगले गर्‍यो समानुपातिकतर्फको सिट बाँडफाँट

निर्वाचन आयोगले गर्‍यो समानुपातिकतर्फको सिट बाँडफाँट

दैनिकी न्यूज

२८, फाल्गुण २०८२
निर्वाचन आयोगले गर्‍यो समानुपातिकतर्फको सिट बाँडफाँट
images

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दललाई समानुपातिक सिट निर्धारण गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४–४ सिट पाएको आयोगले जनाएको छ।

आयोगका अनुसार प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। त्यसमध्ये १ करोड ५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

आयोगले तीन दिनभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको नाम छनोट गरी पेश गर्न दलहरूलाई पत्राचार गरिसकेको जनाएको छ।

el.jpg

images
प्रकाशित मिति :फाल्गुण २८, २०८२ बिहिवार - १९:०२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology