Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ ह्वात्तै बढ्यो

सुनको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

१३, बैशाख २०८३
सुनको भाउ ह्वात्तै बढ्यो
images

काठमाडौं । नेपाली बजारमा पछिल्ला केही दिनदेखि ओरालो लागेको सुनको भाउ आज (आइतबार) भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ ।

यो सँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको भाउ पनि बढेर २ लाख ५६ हजार ५१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको भाउमा पनि वृद्धि देखिएको छ। आइतबार चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढ्दै ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :बैशाख १३, २०८३ आइतवार - १२:१८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology