Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि भरी सिलिन्डर ग्यास बिक्री

आजदेखि भरी सिलिन्डर ग्यास बिक्री

दैनिकी न्यूज

३१, आषाढ २०८३
आजदेखि भरी सिलिन्डर ग्यास बिक्री
images

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपीजी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ ।

निगमले आजदेखि साविककै १४.२ केजीको ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ । मूल्य भने दुई हजार ६० रुपैयाँ रहेको छ ।

यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो । त्यसलाई अन्त्य गर्दै अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हो ।

“इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भएको लोडिङको अवस्थामा सुधार तथा आमउपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले मिति २०८३–०३–३१ गतेबाट मुलुकभर नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ,” निगमले भनेको छ ।

निगमका अनुसार, हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको छ । आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले उपभोक्तासँग अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०८३ बुधवार - ०७:५१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology