Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बारामा आज थप एक प्रहरी कोरोना संक्रमित, बारामा मात्रै ६ प्रहरी संक्रमित

बारामा आज थप एक प्रहरी कोरोना संक्रमित, बारामा मात्रै ६ प्रहरी संक्रमित

दैनिकी न्यूज

१२, जेठ २०७७
बारामा आज थप एक प्रहरी कोरोना संक्रमित, बारामा मात्रै ६ प्रहरी संक्रमित
images

बारा, जेठ १२ । बारामा कार्यरत थप १ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला पर्सा बिजबानिया गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वर्ष २५ को प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । उनी जिल्ला प्रहरी कार्यालय बाराले बालमन्दिरमा बनाएको क्वारेन्टाइनमा बस्दै आएको बारा प्रहरीका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

उनी सहित कोरोना संक्रमित प्रहरीको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा बाराको गडिमाई नगरपालिका तथा कलैया नगरपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४०, ५०, २५ र ३२ उमेर समूहका संक्रमित रहेको उल्लेख गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ तथा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएका परीक्षणमा उनीहरुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

आइबार पनि सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४९ वर्षिय प्रहरी नायब निरीक्षक, कलैयाका ३४ वर्षिय प्रहरी हवल्दार, रौतहट यमुना माई नगरपालिकाकाका २५ र पर्साका ३४ वर्षिय प्रहरी जवान कोरोना संक्रमण भेटिएको थियो । यसअघि जिप्रकाको मुद्दा फाँटमा कार्यरत एक प्रहरी जवानलाई संक्रमण देखिएको थियो । उनी रौतहटका हुन्।

images
प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १२:४५:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology