काठमाडौं, जेठ १३ । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ भोली (बुधवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ ।
उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार आरवीवी मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले बुधवार नेप्सेमा शेयर सूचीकृत हुने जानकारी दिए । नेप्सेमा सूचीकृत हुनु पूर्व जेठ ११ गतेनै नेपाल पुनर्बीमा कम्पनीको संस्थापकसहित १० करोड कित्ता शेयर सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण भइसकेको समेत उनले जानकारी दिए ।
उनका अनुसार नेपाल पुनर्बीमाको ८ करोड ४० लाख कित्ता संस्थापक शेयर र १ करोड ६० लाख कित्ता सर्वसाधारण शेयर कारोबार हुन सक्ने गरी सीडीएससीमा अभौतिकीकरण गराइएको हो ।
प्रक्रियागत रुपमा जाँदा पहिला नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराउनुपर्ने भए पनि नेप्सेमा कर्मचारीहरु कम भएकाले सूचीकृतका लागि बुधवारको लागि वातावरण मिलेको समेत उनले प्रष्ट पारे ।
सीडीएससीले नेप्सेमा कारोबार हुने गरी लगानीकर्ताहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिने छ । ‘कम्पनीको शेयर कारोबार भने नेप्सेमा सूचीकरण पश्चात् बजार सुचारु भई कारोबारका लागि मूल्य रेञ्ज तोकिएपछि मात्र हुनेछ’, उनले भने ।
लकडाउनभित्रै काम सक्ने गरी कार्यालय नियमित सञ्चालन गरेरै काम भइरहेको प्याकुरेलको भनाइ छ ।नेपाल पुनर्बीमा कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म रू. १ अर्ब ६० करोड बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरि लकडाउनकै विच गत चैत २६ गते बाडफाट गरेको थियो । आर्थिक अभियानाबाट