Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध, प्रहरीद्वारा हवाई फायर

कोरोना संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध, प्रहरीद्वारा हवाई फायर

दैनिकी न्यूज

१६, जेठ २०७७
कोरोना संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध, प्रहरीद्वारा हवाई फायर
images

काठमाडौं, जेठ १६ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ।

रौतहटको इशनाथ नगरपालिका वडा नं. ७ स्थित क्वारेन्टिनमा १६ जना संक्रमितमध्ये २ जनालाई लिन पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका थिए। स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको हो। आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।

यसअघि १४ जनालाई बिहीबार साँझ लगिएको थियो। यसअघि बाँकेको नरैनापुरमा पनि स्थानीयले संक्रमितलाई आइसोलेसनमा लैजान अवरोध गरेपछि सेना परिचालन गरिएको थियो। त्यहाँ निषेधाज्ञा जारी गरिएको छ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १३:२३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology