Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१६, जेठ २०७७
कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ
images

बाग्लुङ, जेठ १६ । दुई जना किशोरीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा जैमिनी नगरपालिका–१ सिरुवारी बस्ने ३५ वर्षीय अरबिन थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी थापाले ती किशोरीहरुलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुश्मीसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुपटिबाट घाइते भएकी १ जना किशोरीलाई स्थानीय कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि मणिपाल हस्पिटल पोखरा रिफर गरिएको छ भने अर्की घाइते सोही स्वास्थ्य केन्द्रमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १४:०४:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology