Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहानै मेघगर्जनले तर्सायो, सचेत रहन महाशाखाको आग्रह

बिहानै मेघगर्जनले तर्सायो, सचेत रहन महाशाखाको आग्रह

दैनिकी न्यूज

१७, जेठ २०७७
बिहानै मेघगर्जनले तर्सायो, सचेत रहन महाशाखाको आग्रह
images

काठमाडौं, जेठ १७ । बिहानै मेघगर्जनसहितको वर्षा भएपछि काठमाडौं उपत्यकावासीलाई झस्काएको छ । पटक पटक फरक ध्वनिमा मेघगर्जन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ।

हाल देशभर सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

देशभर केहि स्थानहरुमा मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ १७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा   मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ। 

जेठ १८ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १९ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - ०७:२१:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology