Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भारतमा असार १६ सम्म लकडाउन थपियो

भारतमा असार १६ सम्म लकडाउन थपियो

दैनिकी न्यूज

१८, जेठ २०७७
भारतमा असार १६ सम्म लकडाउन थपियो
images

काठमाडौँ, जेठ १८ । भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो ।

केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत् रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । सरकारले जारी गरेको निर्देशिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठोर पालना गराउन निर्देशन दिइएको छ । हिन्दूस्तान टाइम्सका अनुसार गृह मन्त्रालयले नयाँ निर्देशिका प्रान्तीय सरकार र केन्द्र प्रशासित प्रान्तसँग विभिन्न चरणमा छलफलपश्चात जारी गरेको जनाएको छ । गृहमन्त्री अमित शाहले बिहीबार सबै प्रान्तका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो । लगत्तै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुभयो ।

निर्देशिकाबमोजिम जुन ८ देखि सार्वजनिक पूजास्थल तथा मन्दिर, होटेल, रेष्टुरेन्ट र अन्य सेवा क्षेत्र तथा शपिङ मल खुला गरिनेछ । यद्यपि स्वास्थ्य मन्त्रालयले यी स्थलहरू सञ्चालनका लागि मापदण्ड निर्धारण गर्नेछ ।

दोस्रो चरणमा विद्यालय, कलेज सञ्चालन गरिनेछ । प्रान्तीय सरकारलाई संस्थागत रुपमा अभिभावक, विद्यालय र कलेजसँग परामर्श गर्न गृह मन्त्रालयले सुझाव दिएको छ । जुलाई महिनामा विद्यालय, कलेज सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

थोरै मात्रै गतिविधि सञ्चालनमा बन्देज लगाइनेछ । जसअन्तर्गत अन्तर्राष्ट्रिय उडान, मेट्रो रेल सञ्चालन, स्विमिङ पुल, मनोरञ्जन पार्क, सभागृहलगायतमा गतिविधि सञ्चालनमा रोक यथावत रहनेछन् । सामाजिक, खेलकुद, राजनीतिक, सांस्कृतिक तथा पर्व उत्सव मनाउन तेस्रो चरणसम्म पर्खिनुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिम प्रान्तीय सरकारले सङ्क्रमित क्षेत्र निर्धारण गर्न पाउनेछन् ।

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - ०७:०२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology