Logo

सोमवार, श्रावण २५ गते २०८३

images

क्‍वारेन्टाइनमा खटिएका प्रहरीलाई क्‍वारेन्टाइनमै बस्‍नले कुटे

क्‍वारेन्टाइनमा खटिएका प्रहरीलाई क्‍वारेन्टाइनमै बस्‍नले कुटे

दैनिकी न्यूज

१८, जेठ २०७७
क्‍वारेन्टाइनमा खटिएका प्रहरीलाई क्‍वारेन्टाइनमै बस्‍नले कुटे
images

सप्तरी । क्‍वारेन्टाइन सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्‍वारेन्टाइन बसेकाबाट कुटिएका छन्।

क्‍वारेन्टाइनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएका इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ।

कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग फुस्किएको र अनुहार सुन्निएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर गुप्ताले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा प्राथमिक उपचारपछि घाइते साहलाई उपचारका लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ। कोभिड–१९ को सङ्क्रमण फैलिनबाट रोक्न एकान्तबासका लागि बनाइएको क्‍वारेन्टाइन भारतलगायत बाहिरबाट आएकालाई सुरक्षित राखिए पनि परिवारका सदस्य र गाउँले आएर अनावश्यक भिडभाड गर्ने गरेका प्रहरीको गुनासो छ। क्‍वारेन्टाइनमा बसेकालाई भेटघाट गर्न आएका मानिस टाँसिएर कुराकानी गरिरहेका देखि दूरी कायम राखी अलग्गै बस्न भनेकामा क्‍वारेन्टाइन बसेका र उनलाई भेटन आएका मिलेर बाँसको लाठीले समेत कुटपिट गरेको घाइते साहले बताए।

ज्यान जोखिममा राखेर जनताको सेवामा खटिएका सुरक्षाकर्मीमाथि नै भएको कुटपिटको घटना निन्दनीय भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।

कुटपिटमा संलग्नमध्ये बाहिरबाट आएका एक जना आरोपितलाई पक्राउ गरिएको उनले बताए। क्‍वारेन्टाइनमा रहेका आरोपित हाल क्वारेन्टिनमै प्रहरी निगरानीमा रहेका प्रहरीले जनाएको छ। उक्त क्‍वारेन्टाइनमा हाल ३१ जना छन्। रासस

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - ०९:०६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology