Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संसदमा संविधान संशोधन विधेयक पेश

संसदमा संविधान संशोधन विधेयक पेश

दैनिकी न्यूज

१८, जेठ २०७७
संसदमा संविधान संशोधन विधेयक पेश
images

काटमाडौ,जेठ १८ । प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश गरिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गरेका हुन् । गत जेठ १० गते दर्ता भएको संविधान संशोधन विधेयक मन्त्री तुम्बाहाङ्फेले पेश गरेकी हुन् ।

संसदमा कसैले पनि विरोधपत्र दर्ता नगरेकाले विधेयक दर्ता गरिएको हो । शनिबार बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संशोधनकै पक्षमा मतदान गर्ने निर्णय गरेसँगै विधेयक सर्वसहमति दर्ता गरिएको हो ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो ।

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १२:०६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology