Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतबार १६६ जना संक्रमित थपिए, संक्रमित संख्या १५ सय ६७ पुग्यो, २ जनाको मृत्यू

आइतबार १६६ जना संक्रमित थपिए, संक्रमित संख्या १५ सय ६७ पुग्यो, २ जनाको मृत्यू

दैनिकी न्यूज

१८, जेठ २०७७
आइतबार १६६ जना संक्रमित थपिए, संक्रमित संख्या १५ सय ६७ पुग्यो, २ जनाको मृत्यू
images

काठमाडौ । आइतबार देशभर कोरोना भाइरस (काभिड–१९) बाट १ सय ६६ संक्रमित थपिएका छन् । यसमा १६२ पुरुष र ४ जना महिला रहेका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १ सय ६६ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौतहटका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

हालसम्म ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । पिसिआरबाट ६९ हजार ५ सय ८२ र आरडिटीबाट १ लाख ११ हजार १०९ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म २ सय २० जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष १७२ र महिला ४८ जना रहेका छन् ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । आज दैलेख र बाजुरामा गरी २ जनाको मृत्यू भएको छ । यसभन्दा अगाडि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुरामा एक/एक गरी ६ जनाको मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १६:१६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology