Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अस्पतालमा सुत्केरीको मृत्यु

अस्पतालमा सुत्केरीको मृत्यु

दैनिकी न्यूज

१८, जेठ २०७७
अस्पतालमा सुत्केरीको मृत्यु
images

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन् । मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

सुत्केरी व्यथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नवजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ । रासस

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १८:०१:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology