Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दाङका कोरोना संक्रमितमा डेंगु पनि देखियो

दाङका कोरोना संक्रमितमा डेंगु पनि देखियो

दैनिकी न्यूज

१८, जेठ २०७७
दाङका कोरोना संक्रमितमा डेंगु पनि देखियो
images

दाङ । दाङका एक कोरोना संक्रमितमा डेंगु रोग पनि भेटिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंंगु फेला परेको हो।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेंगु भेटिएको जनाइएको छ। चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेंगु पोेजिटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ।

यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो। रासस

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १९:४२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology