Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वाग्मती प्रदेशमा रसुवा कोरोनामुक्त

वाग्मती प्रदेशमा रसुवा कोरोनामुक्त

दैनिकी न्यूज

१८, जेठ २०७७
वाग्मती प्रदेशमा रसुवा कोरोनामुक्त
images

रसुवा । पूर्वसावधानी अपनाएको कारण रसुवा जिल्ला अहिलेसम्म कोभिड–१९ मुक्त भएको छ ।

चीनको वुहानमा कोरोना भाइरस सुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गएको माघ १५ गतेदेखि नेपालको उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट आवत जावतमा रोक लगाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीयवासी सचेत भएकोले भाइरसबाट अहिलेसम्म जिल्ला सुरक्षित भएको बताइन ।

रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षा अङ्ग, स्वास्थ्यकर्मी, सामाजिक सङ्घ संस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम, लकडाउनको पूर्णपालना, क्वरेण्टीन एवं आइसोलेशन शय्याको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहोसमेतले अहिलेसम्म रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए ।

जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र शङ्कास्पदको तुरून्तै परीक्षणले गर्दा सफल भइएको उनको भनाइ छ । क्वरेण्टीनमा अहिलेसम्म १९ व्यक्ति छन् । तीमध्ये ११ जना भारतबाट आएका छन् । जिल्ला बाहिरबाट आएका स्थानीयवासीलाई क्वरेण्टीनमा राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने गरिएको बताइएको छ । रासस

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - २०:३६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology