Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

दैनिकी न्यूज

१९, जेठ २०७७
सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ ।

अधिवक्ता पुण्यप्रसाद खतिवडासमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । क्वारेन्टिनमा रहेकालाई सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मी मौसम भएकाले लामखुट्टेलगायतबाट हुन सक्ने संक्रमणबाट जोगाउन आदेशमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्यक्ष र अग्रिम पंक्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स, स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मी तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोसाक, वस्तु, उपकरणलगायत सम्पूर्ण सामग्री पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गराउन भनिएको छ ।

राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - ०८:०५:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology