Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महोत्तरीमा चट्याङ लागेर एकको मृत्यु

महोत्तरीमा चट्याङ लागेर एकको मृत्यु

दैनिकी न्यूज

१९, जेठ २०७७
महोत्तरीमा चट्याङ लागेर एकको मृत्यु
images

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा ५५ वर्षीय इन्दल यादव रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

गाउँबाहिरको चौरमा भैँसी चराउन गएका यादवको आज बिहान करिब १० बजे भारी वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाइएको छ । रासस

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १३:३१:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology