Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नर्भिक अस्पताल सील हुने हल्लाले कोरोना संक्रमितलाई पाटन अस्पताल ल्याइयो !

नर्भिक अस्पताल सील हुने हल्लाले कोरोना संक्रमितलाई पाटन अस्पताल ल्याइयो !

दैनिकी न्यूज

१९, जेठ २०७७
नर्भिक अस्पताल सील हुने हल्लाले कोरोना संक्रमितलाई पाटन अस्पताल ल्याइयो !
images

काठमाडौं । काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेकी एक बिरामीमा कोरोना संक्रमण देखिएको छ । मकवानपुरकी ६१ वर्षीया महिलामा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । संक्रमित महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । उनी नर्भिकमा भर्ना भएर उपचार गरारहेकी महिला हुन् ।

पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले नर्भिकमा उपचार गराइरहेकी महिलालाई पाटनको आइसोलेसनमा राखिएको जानकारी दिएका छन् ।

कोरोना पुष्टि भएपछि नर्भिक सील हुने हल्लाले बिरामी महिलालाई हतार हतार पाटन लगिएको बताइएको छ । नर्भिकमा पनि कोरोना उपचार गर्ने आइसोलेसन वार्ड छ, तर महिलालाई भने त्यहाँ उपचार नगरी पाटन ल्याइएको हो ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १६:११:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology