Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार २२६ जना संक्रमित थपिए

सोमबार २२६ जना संक्रमित थपिए

दैनिकी न्यूज

१९, जेठ २०७७
सोमबार २२६ जना संक्रमित थपिए
images

काठमाडौ । सोमबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट २ सय २६ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २ सय २६ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नयाँ थपिएका संक्रमित २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । जसमा दैलेखका ४१ जना, कपिलवस्तुका ४० जना, सर्लाहीका ३८ जना, जुम्लाका १९ जना, रौटहतका १८ जना, कैलालीका १४ जना, सल्यानका १० जना, दाङका ९ जना, बाँकेका ७ जना, धनुषाका ७ जना, सुर्खेतका ५ जना सिरहाका ५ जना, नवलपरासी पूर्वका ३ जना, पाल्पा ३ जना, रुपन्देही २ जना, झापाका २ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, उदयपुरका १ जना, अछामका १ जना, बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जना रहेका छन् ।

सोमबार थप एक जिल्लामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा कोरोना संक्रमण देखिएको हो।यो सहित ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

पिसिआरबाट ७१ हजार ९ सय ३ र आरडिटीबाट १ लाख १३ हजार ७ सय ५७ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ३३ हजार ९७५ पुगेको छ।

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म २ सय २१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष १७३ र महिला ४८ जना रहेका छन् ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । आजसम्म सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरामा एक/एक गरी ६ जनाको मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १६:१३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology