काठमाडौँ । सोमबार साँझ थप १३ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ८ सय ११ पुगेको छ ।
थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिए संगै आज मात्रै नेपालमा २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको जानकारी दिएको थियो ।
सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।
