काठमाडौं । महानगरीय प्रहरी बृत्त दरबारमार्गले सोमबार साँझ अर्बपति ब्यापारीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेका छन् ।
जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ९ जना व्यापारीलाई नगदसहित पक्राउ गरेको बताइएको छ । उक्त जुवाको खालबाट प्रहरीले दुई लाख भन्दा बढी नगद बरामद पनि गरेको छ ।