Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एडीबीले दियो ३० अर्ब बजेट सहायता

एडीबीले दियो ३० अर्ब बजेट सहायता

दैनिकी न्यूज

२०, जेठ २०७७
एडीबीले दियो ३० अर्ब बजेट सहायता
images

काठमाडौँ । एसियाली विकास बैङ्क ९एडीबी०ले कोरोना भाइरस ९कोभिड–१९०को रोकथाम र अर्थतन्त्रमा पर्ने असर न्यूनीकरणका लागि नेपाललाई बजेट सहायता उपलब्ध गराएको छ । सहुलियतपूर्ण ऋणमा प्रदान गरिने २५ करोड अमेरिकी डलर ९करिब ३० अर्ब रुपियाँ०को सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा भएको सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुङ्गाना र नेपालका लागि एसियाली विकास बैङ्क ९एडीबी०का निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । सम्झौता अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले यो तत्काल खर्च गर्न सकिने बजेट सहायता भएको बताउँदै एउटै संस्थाले छोटो अवधिमा यति ठूलो रकम सहयोग गरेको पहिलोपटक भएको बताउनुभयो । विनियोजन विधेयकका सम्बन्धमा प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले विश्व बैङ्क, युरोपेली लगानी बैङ्कलगायतबाट थप सहयोगको प्रतिबद्धता आएको पनि बताउनुभयो ।

सम्झौता समारोहमा बोल्दै अर्थसचिव ढुङ्गानाले एडीबीले उपलब्ध गराउने ऋणको रकम सरकारले कोरोना रोकथाम र जनस्वास्थ्यको क्षेत्रमा खर्च गर्ने बताउनुभयो । उहाँले उक्त रकम सरकारलाई सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका योजनाका लागि पनि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि एडीबीका निर्देशक मुख्तोर खामुदख्नोभले महामारीको रोकथाममा नेपाल सरकारले अघि सारेका योजनामा सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । सहुलियतपूर्ण ऋण रकमलाई कोरोना परीक्षणका प्रयोगशाला, क्वारेन्टाइन व्यवस्थापन र उपचार सेवाको स्तरवृद्धिका लागि पनि खर्च गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । गरिब र जोखिममा परेका वर्गमा पर्ने महामारीको असर न्यून गर्ने आर्थिक र सामाजिक गतिविधिमा सहयोग रकम खर्च गरिने विज्ञप्तिमा उल्लेख छ ।

गोर्खापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - ०६:५०:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology