Logo

आइतवार, श्रावण २४ गते २०८३

images

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

दैनिकी न्यूज

२०, जेठ २०७७
क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु
images

स्याङजा । फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ । यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुई जनासँगै आइतबार घर जाँदै गर्नु भएका कार्की अचानक बाटोमै बेहोस भएका कार्कीलाई रातिनै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पु¥याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्युपश्चात आज पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ । रासस

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - ०६:५७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology