Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विदेशबाट फर्केका नेपाली विशङ्खुनारायणको ध्यान केन्द्रमा 'होल्ड' गरिने

विदेशबाट फर्केका नेपाली विशङ्खुनारायणको ध्यान केन्द्रमा 'होल्ड' गरिने

दैनिकी न्यूज

२०, जेठ २०७७
विदेशबाट फर्केका नेपाली विशङ्खुनारायणको ध्यान केन्द्रमा 'होल्ड' गरिने
images

ललितपुर । गोदावरी नगरपालिका वडा नं २ विशङ्खुनारायणको ‘धमगार कोटडाँडा विपसना केन्द्र’ मा बाहिरबाट आएका वडावासीलाई राखिने भएको छ ।

सो स्थान मानिसको बस्ती भएको ठाउँबाट लगभग आधा घण्टा माथि रहेकाले वडाले बाहिरबाट आउने मानिसलाई यहाँ व्यवस्थापन गर्न लागेको हो ।

गोदावरीले केही दिन अघि यहाँका हरेक वडामा २० शैयाको क्वारेन्टाइन व्यवस्था गर्ने निर्णय अनुसार हाल धमाधम यसको व्यवस्थापनमा हरेक वडाका जनप्रतिनिधि लागि परेका छन् । सो केन्द्रमा दुई–दुई जना मानिस बस्न मिल्ने ६ वटा कजेट रहेको छ । अपुग ८ जना मानिसका लागि पालको व्यवस्था गरिने तयारी अघि बढेको नं २ का वडाध्यक्ष देबेन्द्र बस्नेतले बताए । उनले भने, “यस ठाउँ बस्तीबाट करिब आधा घण्टा टाढा छ । यहाँको हावापानी र वातावरण पनि असाधै सफा र शान्त्त छ । अन्य जिल्ला वा विदेशबाट फर्किएका मानिसले १४ दिन क्वारेन्टाइनमा बस्दा सामाजिक दूरी कायम गरी ध्यान पनि सिक्ने तर्फ मन लगाएमा यसलाई पनि सिकाउने व्यवस्था गरेका छौँ ।” केन्द्रमा मात्र शाकाहारी भोजनको व्यवस्था, मदिरा र धूम्रपान निषेधित क्षेत्र रहेकाले कोरोना महामारीका बेला वडामा फर्कने नागरिकलाई नीतिपरक र ज्ञानज्ञुनका कुरा पनि पस्कने व्यवस्था गरेको बस्नेतले जानकारी दिए ।

विदेशबाट आएका मानिसलाई यहाँ राख्न नगरप्रमुख स्वयंले आएर आग्रह गरेपछि विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गरी हामीले मानवताको आधारमा सहमती जनाएका केन्द्रका वरिष्ठ सहायक आचार्य बाबुराजा महर्जनले बताएका छन् । उनले भने, “यो ठाउँ जुनसुकै कष्टबाट मुक्त पारिने स्थान भएकाले गोदावरीका जनप्रतिनिधिहरुसँग क्वारेन्टाइनमा बस्नेलाई ध्यान बिधि सिकाउने कार्यक्रमको प्रस्ताव पनि मैले राखेको छु । केन्द्रमा टिभी लगायत इन्टरनेटको सुविधा नरहँदा विदेशबाट फर्किएकाको मन नियन्त्रण गर्न विभिन्न कला प्रस्तुती गर्ने छाँै ।” केन्द्र रहेको स्थानबाट हिमाल, पहाड र बस्ती छर्लङ्ग देखिने गरेको हुँदा यहाँ टेकेपछि हरेक व्यक्ति दुःखबाट मुक्त हुने विश्वास महर्जनमा रहेको छ । यसैगरी गोदावरीका अन्य वडामा पनि क्वारेन्टाइन व्यवस्थापनको लागि व्यापक छलफल भइरहेको बताइएको छ ।

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १२:४९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology