Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

थपिए नयाँ २९ जना कोरोना सङ्क्रमित

थपिए नयाँ २९ जना कोरोना सङ्क्रमित

दैनिकी न्यूज

२०, जेठ २०७७
थपिए नयाँ २९ जना कोरोना सङ्क्रमित
images

सुर्खेत । मंगलबार सुर्खेत र सल्यानमा नयाँ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मङ्गलबार बिहानसम्म २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयले मङ्गलबार प्रकाशित गरेको सूचना अनुसार नयाँ २९ जना थप भएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २६२ जना पुगेको छ । सोमबार बेलुकासम्म कर्णालीमा २३३ जना थियो ।

थप भएका २९ जनामध्ये सुर्खेतमा ११ जना र सल्यानमा ९ जना र अछामका ९ जना रहेका छन् ।

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १३:५८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology