काठमाडौं । सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो।
यसअघि जारी भएका ७ दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने प्रशासनले जनाएको छ।
अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्नेछ।
हेर्नुहोस सूचना
