Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रौतहटमा आज थपिए ७४ सङ्क्रमित

रौतहटमा आज थपिए ७४ सङ्क्रमित

दैनिकी न्यूज

२०, जेठ २०७७
रौतहटमा आज थपिए ७४ सङ्क्रमित
images

रौतहट । रौतहटमा आज ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३०७ पुगेको छ ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको राजपुर, परोहा, राजदेवी, गौर, गढिमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाका व्यक्तिमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो ।

राजपुर नगरपालिकाका २१ जना, राजदेवी नगपालिकाका १८, दुर्गा भगवती गाउँपालिकाका १४ जना, गौर नगरपालिकाका १३ जना, परोहा नगरपलिकाका चार जना, यमुनामाइ गाउँपालिकाका तीन जना र गढीमाइ नगरपालिकाका एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।

 

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १५:५४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology